गोरखाखबर(काठमाण्डौं, २४ साउन) । नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउने संख्या ७३ पुगेको छ । गत साउन २३ गते मृत्यु भएका एक महिला र दुई पुरुष को कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

उनीहरु पर्सा, मोरङ र काठमाण्डौंका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगन्जका ७४ वर्षीय पुरुष साउन २३ गते गण्डकस्थित कोभिड अस्पतालमा भर्ना भएका थिए। उनमा मधुमेह र दमको समस्या थियो । विराटनगरका ५८ वर्षीय व्यक्ति निमोनिया, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि सप्तकोशी अस्पतालमा भर्ना भएका थिए। अवस्था बिग्रिएपछि उनलाई कोशी अस्पताल लगिएको थियो। उनीहरु दुवैंको मृत्यु पछि कोरोना पुष्टि भएको हो । त्यस्तै पाठेघरको क्यान्सर र निमोनियाबाट पीडित टोखाकी ४१ वर्षीया महिलाको पाटन अस्पतालमा आईसीयूमा मृत्यु भएको थियो ।