गोरखाखबर(गोरखा,२२ साउन ) । समुदाय स्तरमै कोरोनाको संक्रमण देखिन थाले पछि गोरखाको लक्ष्मीबजार सिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको अध्यक्षतामा कोरोना भाइरसको रोकथाम,नियन्त्रण र व्यवस्थापनका लागि गठित जिल्लास्तरीय कमाण्ड पोष्टको बिहीवार बसेको बैठकले गोरखा नगरपालिका वडा नं ९ लक्ष्मीबजार सुरक्षाकर्मी समेत परिचालन गरेर सिल गर्ने निर्णय गरेको हो ।
व्युटीपार्लर व्यवसायी एक महिलामा संक्रमण देखिए पछि कन्टयाक्ट ट्रेसिङ क्रममा थप ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भए पछि वडा कार्यालयले पूर्ण रुपमा बन्द गर्न जिल्ला कमाण्ड पोष्ट लाई सिफारिस गरेको थियो । बैठकले पूर्वमा खोलखोले कट्टेलचोक, पश्चिम टक्सार चोक सातदोबाटो, उत्तरमा सिर्दीखोला र दक्षिणमा लुदीखोला लाई पूर्ण बन्द(सिल) क्षेत्र समेत निर्धारण गरेको छ ।