दरौंदी नदी तर्न खोज्दा दुई किशोर बेपत्ता


गोरखा खबर
  • बिहिबार, साउन २२ २०७७

  • गोरखाखबर(गोरखा,२२ साउन ) । गोरखाको सिरानचोक गाउँपालिका वडा नं ४ चिसापानीमा दरौंदी नदी तर्ने क्रममा बगाएर बिहीवार दुईजना किशोर बेपत्ता भएका छन ।

    गोरखा नगरपालिका वडा नं ३ को बेनीखोलामा फुटबल खेल्नका लागि हिडेका पालुङटार नगरपालिका वडा नं १ खुर्पाजुङ्गका १६ वर्षका प्रज्वल श्रेष्ठ र १५ वर्षका सबिन श्रेष्ठ नदी तर्ने क्रममा दिउँसो अन्दाजी ३.३० बजेको समयमा बगाएर बेपत्ता भएको स्थानीय लाई उदृत गर्दै गोरखाका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार अहिले उनीहरुको खोजी कार्य भइरहेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार