गोरखाखबर(काठमाण्डौं,२२ साउन) । विभिन्न जिल्लाका गरी नेपालमा बिहीवार ३ सय ६० जना कोरोना संक्रमित थपिएका छन । यो संगै नेपालमा कूल संक्रमित २१ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म १५ हजार ३ सय ८९ जना संक्रमित निको भएर घर फर्किएका छन । विगत २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पिसिआर परीक्षण भएको छ।