गोरखाखबर(काठमाण्डौं,२२ साउन) । कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका ५ जनाको बिहीवार एकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नेपाल यसरी कोरोनाले मृत्यु भएकाको पुष्टि गरेको संख्या मध्ये यो अहिले सम्मकै धेरै हो ।

फाइल तस्वीर :नेपाली सेना (तस्वीर सौजन्य)
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीवार मृत्यु पुष्टि गरेकाहरुमा मोरङ्गको रङ्गेली नगरपालिकाका ४५ वर्षीय पुरुषको बुधवार कोशी अस्पतालमा ज्वरो र श्वासप्रश्वासमा समस्या भई ल्याउँदा मृत्यु भएको हो।मोरङ्गकै विराटनगर महानगरपालिकाका मधुमेह तथा मिर्गौलाको दीर्घरोगी ४५ वर्षीय पुरुषको बुधवार मृत्यु भएको र मृत्युपछि परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो। सर्लाही जिल्ला मलंगवा नगरपालिकाका ६५ वर्षीया महिलाको काठमाण्डूमा बुधवार मृत्यु भएको हो। उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो।धनुषाको जिल्ला मिथिला नगरपालिकाका ७२ वर्षीया महिलाको काठमाण्डूमा गत शनिवार मृत्यु भएको थियो। उनमा दम, उच्च रक्तचाप र मधुमेहको बिरामी रहेकी बताइएको छ।सप्तरी जिल्लाको रुपनि नगरपालिकाकी ४२ वर्षीय पुरुषको बुधवार राजविराजबाट धरान थप उपचारका लागि लग्दै गर्दा मृत्यु भएको हो। उनी डेढ महिना पहिले मलेशियाबाट फर्केको र घरमै क्वारन्टीनमा बसेको बताइएको छ।यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ ।