गोरखाखबर(गोरखा,२१ साउन) । कोरोना भाइरस संक्रमणको जोखिम लाई मध्यनजर गर्दै गोरखा सदरमुकाम सहित जिल्लाभरी नै व्युटीपार्लर, सैलुन र जिम खाना पूर्ण रुपमा बन्द गर्ने /गराउने भएको छ ।

प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको अध्यक्षतामा बुधवार बसेको कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गठित जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले विभिन्न स्थानमा सरकारी तथा निजी विद्यालय र क्याम्पसको शैक्षिक गतिविधि पनि सञ्चालन भएको भन्ने बुझिन आएकोले उक्त कार्य पनि पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको छ । त्यस्तै सार्वजनिक यातायत सञ्चालन गर्दा पूर्ण रुपमा स्वास्थ्यको मापदण्ड पालना लागि जिल्ला स्थित यातायत व्यवसायी लाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको छ ।