गोरखाखबर(गोरखा,२१ साउन) । गोरखाको लाप्राकमा एक घरमा आगलागी १५ लाख भन्दा बढीको सम्पत्ति जलेर नष्ट भएको छ । धार्चे गाउँपालिका वडा नं ४ लाप्राकमा माइला गुरुङ्गको काठ र ढुङ्गा बाट बनेको जस्ताले छाएको घरमा बुधवार अपरान्ह ३ बजेको समयमा आगलागी हुदा घर सहित सबै सामान जलेर नष्ट भएको छ ।

मानवीय क्षति नभए पनि घर सहित भित्रका सबै सामान जलेर नष्ट भएको स्थानीय राम बहादुर गुरुङ्गले जानकारी दिए । स्थानीयका अनुसार घर भित्रका रहेका ६० हजार रुपियाँ नगद सहित अन्नपात,भाडाकुरा गरगहना र लत्ताकपडा सबै सामाग्रीहरु जलेर नष्ट भएको छ । आगलागीका क्रममा नजिकैको उनका दाई पासाङ गुरुङ्ग घरमा पनि आगोले केही क्षति पुगेको छ । स्थानीयको प्रयास पछि आगो नियन्त्रणमा आएको छ ।