गोरखाखबर(गोरखा,२० साउन) । गोरखाका पत्रकार आत्माराम श्रेष्ठले आफ्नो जन्मदिनमा मानवसेवा आश्रम लाई क्यामरा उपहार दिएका छन ।

नेपाल टेलिभिजनको गोरखा संवाददाताको रुपमा कार्यरत श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा एक लाख २५ हजार मूल्य बरावरको डि एस एलआर क्याम्मेरा मानवसेवा आश्रम गोरखा शाखा लाई उपलब्ध गराएको हो । आश्रमका बालबालिकाको तस्वीर र दृश्य खिच्न प्रयोग होस भन्ने हेतुले आफूले आफ्नो जन्म तिथिको अवसरमा पारेर क्याम्मेरा उपलब्ध गराएको पत्रकार श्रेष्ठले बताए ।