गोरखाखबर(गोरखा,१६ साउन) । गोरखा अस्पतालको आइसोलेसनबाट ४ जना कोरोना संक्रमित निको भएर शुक्रवार डिस्चार्ज भएका छन ।
पालुङटार नगरपालिका वडा नं ५ का २९ वर्षीय, भीमसेन थापा गाउँपालिका वडा नं ६ का २८ वर्षीय, शहिद लखन गाउँपालिका वडा नं ३ का २५ र वडा नं ६ का ४२ वर्षीय पुरुष निको भएर घर फर्केका छन । आइसोलेसनमा भर्ना गरेर उपचार गरिएकोमा पिसिआर रिपोर्ट नेगेटिभ आएकोले अवधि पूरा गरेर डिस्चार्ज गरिएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डन्ट डा.नविन थापाले जानकारी दिए ।
