थप ३११ मा कोरोना संक्रमण पुष्टि, मृत्यु हुने ४९ पुग्यो


गोरखा खबर
  • मंगलबार, साउन १३ २०७७

  • गोरखाखबर (काठमाण्डौं,१३ साउन) । विभिन्न जिल्लाका गरी मंगलवार नेपालमा थप ३११ जनाको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कूल संक्रमितको संख्या १९,०६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको ।

    सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १२१ जना निको भएसँगै अहिलेसम्म १३,८७५ जना रोगमुक्त भएका छन्।मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,१२९ व्यक्ति देशभरि आइसोलेशनमा छन्।बझाङ जिल्ला बुङ्गल गाउँपालिकाका ६५ वर्षीय पुरुषको साउन ९ गते घरमै निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।दमका रोगी उनी असार २४ गते भारतबाट नेपाल आएका थिए । यो संगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४९ जना पुगेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार