गोरखाखबर(गोरखा,१० साउन) । पहिरोले थुनिएको गोरखाको धार्चे गाउँपालिका वडा नं ७ मा नौली खोलामा बिस्तारै खुलेर आंशिक पानी बग्न थाले पछि खतरा कम भएको छ ।

लापुको कास्काङ डाँडाबाट शुक्रवार राती खसेको ठूला ठूला ढुङ्गा सहितको पहिरोले नौलीखोला थुनिएर ताल परेको थियो । शनिवार अपरान्ह सम्म माटोहरु बगाएर पानी बग्न थाले पछि खोलामा आंशिक पानी बग्न थालेको स्थानीय सूर्य बहादुर गुरुङले बताए । तर पहरा पहिरेर ठूलो ढुङ्गा नै आएर बसेकोले पहिले जस्तै पूरै खोला भने बग्न सकेको छैन ।
खोला थुनिए पछि उच्च जोखिममा रहेका लापुवेसी आँसपासका ११ घर सुरक्षित ठाउँमा सारिएको थियो । खोला थुनिएको ठाउँमा पुगेको नेपाली सेना र प्रहरीको टोलीले ढुङ्गा हटाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।
