पहिरोले नौली खोला थुनियो, जोखिममा परेका घर सारियो


गोरखा खबर
  • शनिबार, साउन १० २०७७

  • गोरखाखबर(गोरखा,१० साउन) । गोरखाको धार्चे गाउँपालिका वडा नं ७ मा पहिरोले नौली खोला थुनिएको छ ।

    लापुको कास्काङ डाँडाबाट शुक्रवार राती खसेको ठूला ठूला ढुङ्गा सहितको पहिरोले नौलीखोला थुनिए पछि मापुमा पानी जमेर ताल बनेको स्थानीय सूर्य बहादुर गुरुङले बताए । खोला थुनिए पछि उच्च जोखिममा रहेका लापुवेसी आँसपासका ११ घर सुरक्षित ठाउँमा सारिएको छ । डाँडाको माथी बाट बगेको ठाडो खोला थुनिएर ताल बनेकोले यो जुन कुनै समयमा पनि फुटन सक्न खतरा रहेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार