गोरखाखबर(काठमाण्डौं,८ साउन) । नेपालमा बिहीवार थप १४७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो संगै पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,२४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिले सङ्क्रमण भएका कुल ५,३५८ जना देशभरि आइसोलेशनमा छन्।सङ्क्रमितहरूमध्ये १२,८४० जना अर्थात् ७०.३९ प्रतिशत व्यक्ति भाइरसमुक्त भएको जानकारी मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिएका छन्।विगत २४ घण्टामा पीसीआर विधिबाट ३,४८१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।