गोरखामा यसरी सम्झीए पुष्पलाल लाई


गोरखा खबर
  • बुधबार, साउन ७ २०७७

  • गोरखाखबर(गोरखा,७ साउन) । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको कार्यक्रम गोरखामा पनि आयोजना भयो ।

    नेपाल कम्युष्टि पार्टी(नेकपा) गोरखाले सदरमुकाममा बुधवार आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय संगठन विभागका सदस्य एवं प्रतिनिधि सभा सदस्य हरिराज अधिकारीले एकताको महाधिवेशन भएकोले आउँदो महाधिवेशन सहमतीय ढङ्गले नै सम्पन्न हुने दाबी गरेका छन । नेकपा गोरखा जिल्ला इञ्चार्ज कृष्ण धिताल, प्रदेश सदस्य सम्झना देवकाटाले मन्तव्य राखेका थिए । कार्यक्रम कार्यालय सचिव अकुर तिमिल्सिनाको अध्यक्षता र कृष्ण कुँवरको सञ्चालनमा भएको थियो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार