आजराती देखि नेपालमा लकडाउनको अन्त्य


गोरखा खबर
  • मंगलबार, साउन ६ २०७७

  • गोरखाखबर(काठमाण्डौं, ६ साउन) । नेपालमा लकडाउन मंगलवार(आज) मध्यराती देखि अन्त्य हुदैछ । कोरोन भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लागू भएको १२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि सकिने छ ।

    मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो । तर सरकारले केही क्षेत्रमा प्रतिबन्ध कायमै राखेको छ ।शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।तर सरकारले होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिएको छ । भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न छुट दिएको छ ।यस्तै यस्तै आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्ला का यातायात भदौ १ गतेबाट खुला हुने सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु पनि भदौ १ गतेबाट गर्न सकिने भएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार