गोरखा प्रवेशको मुख्य सडक भासिदा यातायत ठप्प


गोरखा खबर
  • मंगलबार, साउन ६ २०७७

  • गोरखाखबर (गोरखा,६ साउन) ।गोरखा प्रवेशको मुख्य सडक नै भासिए सबै यातायत आवागमन ठप्प भएको छ ।

    लगातारको वर्षा पछि आएको बाढीले गोरखा आँबुखैरेनी सडक खण्ड(अमरसिंह राजमार्ग)को ११ किलोमा कालोपत्रे सडक नै ३ मिटर जति भासिएर सडक सम्पर्क विच्छेद भएकोले गोरखा आउन र जानका लागि एम्वुलेन्स समेत जान सक्ने अवस्था छैन । त्यस्तै गोरखा आँबुखैरेनी सडक खण्डकै ३ किलो, ८ किलो, ठिगुरेस्वाँरा र खोलखोलेमा लगायत विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध भएको छ ।

    मानिस आवातजावत लागि स्थानीयले साँझपख सडक भासिएको ठाउँमा फड्के हालेका छन । त्यस्तै जिल्ला भित्रका गोरखा आरुघाट , गोरखा बुंकोट, छेवेटार पालुङटार भच्चेक सडक खण्डमा ठाउँ ठाउँ पहिरो खसेर अवरुद्ध भएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार