गोरखाखबर(काठमाण्डौं,२ साउन) । नेपालमा विभिन्न जिल्ला गरी शुक्रवार १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कूल संक्रमितको संख्या १७,४४५पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले सङ्क्रमण भएका कुल ५,८७१ मानिस देशभरि आइसोलेशनमा छन्।तीमध्ये ११,५३४ जना सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ४० जनाको मृत्यु भएको छ । हालसम्म ३,०८४९८ जनाको पीसीआर परीक्षण गरिएको छ।