प्रहरीद्वारा खत्री गाउँमा गाजा फडानी


गोरखा खबर
  • शुक्रबार, साउन २ २०७७

  • गोरखाखबर(गोरखा,२ साउन) । जिल्ला प्रहरी कार्यालय गोरखाले गाजा नष्ट गर्ने अभियान थालेको छ । गोरखा नगरपालिका वडा नं ८ खत्री गाउँमा रहेको करिब दुइ रोपनी सार्वजनिक जग्गामा उम्रिएको गाजा फडानी गरेको हो ।

    प्रहरी निरीक्षक प्रकाश भुसालको नेतृत्वमा गएको टोलीले सार्वजनिक जग्गामा प्राकृतिक रुपमा उम्रिएको गाजा फडानी गरेर जलाएको छ । यस अघि पनि प्रहरीले गोरखाको अन्य स्थानमा गाँजा नष्ट गरेको थियो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार