अन्तराष्ट्रिय फौजदारी अदालत अनुमोदन गर्न इन्सेकको माग


गोरखा खबर
  • शुक्रबार, साउन २ २०७७

  • गोरखाखबर(गोरखा,२ साउन) । अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न इन्सेकले सरकार संग माग गरेको छ । अन्तराष्ट्रिय फौजदारी अदालतको(रोम विधान) पारित गरिएको दिन १७ जुलाइको अवसरमा स्मरणमा मनाइएको अन्तराष्ट्रिय न्याय दिवसको अवसरमा रोम विधान अनुमोदनका लागि मानवअधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले सरकार संग आग्रह गरेको छ । रोम विधान अनुमोदनको माग गर्दै इन्सेकले जिल्ला प्रशासन कार्यालय गोरखा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाएको छ ।

    नेपाल सरकारको तर्फबाट अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गरी अन्तर्राष्ट्रिय कानुनको सम्मान, प्रकट गर्न माग गर्दै अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले जिल्ला प्रशासन काार्यलय गोरखा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाएको हो । मानव अधिकार संजालको संयोजक यदु अधिकारीले शुक्रवार एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र वुझाउनुभयो । रोम विधान अन्तर्गत गठन भएको अन्तराष्ट्रिय फौजदारी अदालतले अन्तराष्टिय कानुनद्घारा परिभाषित युद्घ अपराध, आमनरसंहार र मानवताविरुद्घको अपराध जस्तो गभ्भिर अपराधमा संलग्न हुने ब्याक्तिहरुलाई जवाफदेहि वनाउनुको साथै पिडितको न्याय सुनिश्चित गर्ने ज्ञापनपत्रमा उल्लेख रहेको इन्सेक प्रतिनिधि हरिराम उप्रेतीले बताए । अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विधान सन १९९८ को जुलाई १७ देखि सम्मिलनको लागि खुला गरिएको थियो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार