गोरखाका थप २ जनामा संक्रमण पुष्टि, आरुघाट गाउँपालिकामा पनि देखियो संक्रमित


गोरखा खबर
  • बिहिबार, असार २५ २०७७

  • गोरखाखबर(गोरखा,२५ असार) । गोरखामा बिहीवार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाको आरुघाट गाउँपालिकामा पहिलो पटक संक्रमित देखिएको हो । भारत बाट आएका आरुघाट गाउँपालिका वडा नं ४ थुमीका ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले जानकारी दिए ।

    संक्रमण पुष्टि भएका व्यक्ति भारतबाट गत असार १२ गते आएर आरुघाट स्थित भीमोदय मावि क्वारेन्टाइनमा बसेका छन । हुम्लामा कार्यरत आरुघाट गाउँपालिका मान्वुका एक व्यक्तिमा पनि यस अघि कोरोना पुष्टि भएको थियो । त्यस्तै भीमसेन थापा गाउँपालिका वडा न. ४ धावाकी २४ वर्षीय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी भारत बाट आएर धावा स्थित प्रभात मावि क्वारेन्टाइनमा बसेकी गाउँपालिकाका स्वास्थ्य प्रमुख भेषराज खनालले बताए । यो संगै गोरखामा कोरोना संक्रमित हुनेको संख्या ९८ जना पुगेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार