मनसुनको सक्रियतामा गोरखामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह


गोरखा खबर
  • बुधबार, असार २४ २०७७

  • गोरखाखबर(गोरखा,२४ असार) । मनसुनको सक्रियाता संगै भारी वर्षाको कारण आउन विभिन्न विपत्ति सवालमा उच्च सतर्कता अपनाउन सबै स्थानीय तह लाई जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय गोरखाले बुधवार सबै स्थानीय तह लाई असार २५ गते बाट नेपालमा मनसुन सक्रिय हुने देखिएकोले यस क्रममा हुने भारी वर्षाबाट भूक्षय, पहिरो, सडक यातायत प्रभावित हुन सक्ने भएकोले उच्च सतर्कताका साथ तयारी रहन पत्राचार गरेको छ । साथै मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०७७ अनुसार जोखिम न्युनीकरणका लागि सबै सरोकारवाला निकाय संग समन्वय गर्न पनि अनुरोध गरेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार