कोरोनाले ज्यान गुमाउनेको गोरखामा यसरी भयो अन्तेष्टी


गोरखा खबर
  • शनिबार, असार २० २०७७

  • गोरखाखबर(गोरखा,२० असार) । कोरोना भाइरसले मृत्यु भएका गोरखा पालुङटारका ४४ वर्षीय पुरुषको १२ घण्टा पछि शनिवार साँझ दरौंदी नदी र लुदीखोलाको संगमस्थलमा अन्तेष्टी गरिएको छ । गोरखा अस्पतालको आइसोलेसनमा शनिवार बिहान मृत्यु भएका उनका शव व्यवस्थापनका क्रममा स्थानीयले अवरोध गरे पछि अन्तेष्टी ढिलाई भएको हो । नेपाली सेनाका रणसिंह दल गणको शव व्यवस्थापन टोलीले सलामी दिएर शहिद लखन गाउँपालिका वडा नं १ को बगर छेउमा शव गाडेको छ । शवको अन्तेष्टीका लागि ४ वटा एम्वुलेन्स अन्तेष्टी गर्ने ठाउँ सम्म पुगेको थियो ।

    एउटा मात्र एम्वुलेन्स जान नमाने पछि चार वटा एम्वुलेन्स प्रयोग गरिएको गोरखा अस्पताल स्रोतले जनाएको छ । एउटा एम्वुलेन्समा शव राखिएको, अन्य एम्वुलेन्समा अरु मानिसहरु नै चढेका थिए । यस बाहेक अन्य गाडीमा गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल सहित जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारीहरु, अस्पतालका चिकित्सकहरु र पालुङटार नगरपालिकाका मेयर दिपकवावु कँडेल सहित सम्वन्धित वडाका प्रतिनिधिहरु समेत अन्तेष्टी स्थल पुगेका थिए ।

    शव लैजान शववाहन प्रयोग गर्नुपर्ने तर शववाहन नभेटिदा एम्वुलेन्स प्रयोग गरेता पनि यस्तो महामारीको बेला मान्छे चढ्ने प्रयोजनका लागि धेरै एम्वुलेन्स एकैसाथ प्रयोग गर्नु विश्व स्वास्थ्य संगठनको मूल्य र मान्यता विपरित भएकोले आगामी दिनमा सुधार गरिनुपर्ने एक मानवअधिकारकर्मीले बताए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार