बलिउड कोरियोग्राफर सरोज खानको मृत्यु


गोरखा खबर
  • शुक्रबार, असार १९ २०७७

  • गोरखाखबर(भारत,१९ असार) । बलिउड प्रख्यात कोरियोग्राफर सरोज खानको कार्डियक अरेस्टको कारण मृत्यु भएको छ । बलिउड कोरियोग्राफर सरोज खान १७ जुन मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना भएकी थिइन।

    सास फेर्ने समस्यामा भर्ना भएका सरोज खान शुक्रबार बिहान करीब २ बजे मुत्यु भएको हो । खाजलाई गम्भीर मधुमेह सम्बन्धि रोग थियो।उनको कोरोनाभाइरसको परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।उनी ७२ वर्षकी थिइन। उनका परिवारमा उनका पति बी। सोहनलाल, छोरा हमीद खान, छोरीहरू हिना खान र सुक्याना खान रहेका छन्।

    प्रतिक्रिया

    सम्बन्धित समाचार