गोरखाखबर(काठमाण्डौं,१९ असार) । नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ । शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भए पछि कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रवारको संक्रमण पुष्टिको यो संख्या अहिले सम्मकै सर्वाधिक हो ।

यसअघि गत असार ४ गते एकै दिन सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ ।अहिले सबै ७७ वटा जिल्लामा कोभिड(१९ पुगिसकेको छ। आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,०८४ छ।महोत्तरी, रौतहट, सर्लाही, कपिलवस्तु, पाल्पा, दाङ, दैलेख र कैलाली जिल्लामा सङ्क्रमितको सङ्ख्या ५०० नाघेको छ।