कन्टयाक ट्रेसिङका लागि गोरखाको लक्ष्मीबजार बन्द


गोरखा खबर
  • बुधबार, असार १७ २०७७

  • गोरखाखबर(गोरखा,१७ असार) । गोरखामा पहिलो पटक स्वास्थ्यकर्मीमा संक्रमण देखिए पछि उनका सम्पर्कमा रहेकाहरुको पहिचान परीक्षण लागि गोरखाको लक्ष्मीबजारमा सेवा प्रवाह बन्द गरिएको छ ।

    संक्रमण देखिएको स्वास्थ्यकर्मी संग सम्पर्कमा रहेका शहरी स्वास्थ्य क्लिनिकका स्वास्थ्यकर्मीको पनि कन्टयाक ट्रेसिङ गर्नुपर्ने भएकोले ति व्यक्तिहरुको रिर्पाेर्ट नआउन्जेल सम्मका लागि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको हो । गोरखा नगरपालिकाले एक सुचना प्रकाशित गरेर गोरखानगरपालिका वडा नं ९ को स्वास्थ्य तथा वडा कार्यालयको नियम सेवा बन्द गर्नुका साथै उक्त क्षेत्रका पसलहरु पनि बन्द गरेर अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन समेत अनुरोध गरेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार