गोरखाखबर(गोरखा,१६ असार) । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । सूर्यज्योति माविमा क्वारेन्टाइनमा रहेको ३ जना संक्रमण पुष्टि भए पछि उनीहरुको सम्पर्कमा रहेको २ जना स्वास्थ्यकर्मीको स्वाब परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सूर्यज्योति माविको क्वारेन्टाइनमा रहेका अर्का एकजना व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टिको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट रिर्पाेर्ट प्राप्त भएको बारपाक सुलिकोट गाउँपालिकाले जनाएको छ ।पहिलोपटक गोरखामा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले मंगलवार साँझ एक प्रेस विज्ञप्ती जारी गरेर थप संक्रमणको जोखिम रोक्न पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेका सम्वन्धित व्यक्तिको कन्टयाक ट्रसिङ कार्यको लागि असार २१ सम्म स्वास्थ्य चौकी बाहेक सबै कार्यालय बन्द रहने जनाएको छ ।
