गोरखाखबर(गोरखा,१६ असार) । गोरखा क्याम्पसको आइसोलेसनबाट निको भएर पहिलो पटक मंगलवार ३ जना घर फर्किएका छन । कोरोना संक्रमण पुष्टि भए पछि आइसोलेसनमा बसेका पालुङटार नगरपालिका वडा नं ७ का ४५, २३ वर्षका पुरुष र भीमसेन थापा गाउँपालिका वडा नं ५ का २२ वर्षका पुरुष निको भएर घर फर्केका हुन ।

जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंबाट दुईपटक सम्मको नेगेटिभ रिर्पाेर्टको आधारमा डिस्चार्ज गरिएको मेडिकल अधिकृत डा.विनोद दुवाडीले जानकारी दिए । निको भएर आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या गोरखामा २६ पुगेको छ ।
