गोरखाखबर(गोरखा,१६ असार) । मुस्ताङ जिल्लाका ८३ बर्षिय पहिलो कोरोना संक्रमित मंगलवार निको भएर घर फर्किएका छन । घरपजोङ गाउँपालिका ८३ वर्षका पुरुषमा गत असार ६ गते संक्रमण पुष्टि भएको थियो ।

निको उन लाई स्वास्थ्यकर्मीहरुले खादा लगाएर विदा गरेका थए । आइसोलेसनमा राखिएको उनको पछिल्लो प्रयोगशाला परीक्षणमा नेगेटिभ रिर्पाेर्ट आए पछि घर पठाईको स्वास्थ्य कार्यालय, मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।