गोरखाखबर(गोरखा,१५ असार) । संक्रमण पुष्टि भए पछि गोरखा अस्पतालको आइसोलेसनमा रहेका मध्ये सोमवार थप ३ जना निको भएर घर फर्किएका छन । डिस्चार्ज हुनेहरुमा गोरखा नगरपालिका वडा नं १ का वर्ष २६ ,५३ र वडा नं ६ का २१ वर्षका पुरुष रहेको गोरखाको अस्पतालले प्रेस विज्ञप्ती जारी गरेर जानकारी दिएको छ ।

आइसोलेसनमा १४ दिन पूरा गरे संगै पुन प्रयोगशाला परीक्षणका नेगेटिभ रिर्पोर्ट आएकोले घर फर्केर पालना गर्नुपर्ने आवश्यक सुझाव सहित डिस्चार्ज गरिएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डन्ट डा.नविन थापाले जानकारी दिए । यो संगै गोरखा अस्पतालको आइसोलेसनबाट निको भएर २३ जना डिस्चार्ज भइसकेको छन ।