गोरखाखबर(गोरखा,१५ असार) । सबै पालिका मध्ये धेरै संक्रमित देखिएको गोरखाको भीमसेन थापा गाउँपालिकामा सोमवार थप ५ जनामा कोेरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै सिरानचोक गाउँपालिकामा पनि थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भीमसेन थापा गाउँपालिकाका २०, २२, २४, ३२ , ४० वर्षको पुरुष र सिरानचोक गाउँपालिका ५२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय ,पोखराले जनाएको छ । गोरखाका सोमवार पुष्टि भएका ६ जना नै क्वारेन्टाइन बसिरहेका व्यक्तिहरु हुन । उनीहरु लाई सदरमुकाम स्थित आइसोलेसनमा ल्याउने तयारी भइरहेको पनि सम्वन्धित गाउँपालिकाले जनाएको छ । भीमसेन थापा गाउँपालिकामा संक्रमितको संख्या ३४ र सिरानचोकमा २ पुगेको छ । यो संगै गोरखामा कूल कोरोना संक्रमितको संख्या ८४ जना पुगेको छ ।
