गोरखाखबर(गोरखा,१४ असार) । गोरखाको भीमसेन थापा गाउँपालिकाको तीनवटा गाउँ लाई कोभिड–१९ संक्रमित क्षेत्र घोषणा गरेको छ । समुदाय स्तरमै संक्रमण देखिन थाले पछि कोरोना भाइरस रोकथाम नियन्त्रण र व्यवस्थापन सम्वन्धी निमित्त प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको अध्यक्षतामा आइतवार बसेको जिल्ला स्तरीय कमाण्ड पोष्ट गोरखाको बैठकले भीमसेन थापा गाउँपािलका वडा नं ५ को रिठ्ठेपानी,वडा नं ६ को मोहरिया र वडा नं ८ को महादेवटार गाउँलाई संक्रमित क्षेत्र घोषणा गरेको हो ।

बैठकले यस आसपासका क्षेत्र लाई समेत बफर जोन घोषणा गरेको छ । अत्यावश्यक काम बाहेक सबै क्रियाकलापमा रोक लगाउने गरी थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको निमित्त प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन । भीमसेन थापा गाउँपालिकाममा हाल सम्म पुष्टि भएका २९ संक्रमित मध्ये ८ जना समुदायस्तरकै छन ।
