गोरखाखबर(गोरखा,१४ असार) । गोरखाको तातोपानीमा आइतवार पहिरोे खस्दा एकजनाको मृत्यु भएको छ ।

धार्चे गाउँपालिका वडानं १ को तातोपानीमा पहिरो खस्दा जाजरकोट जुनीचादे गाउँपालिका वडा नं ५ घर भएका वर्ष २६ का नरेन्द्र शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाली सेनाले खनेको आरुघाट लार्के सडक खण्डमा काम गर्ने शाही लाई सडक माथीबाट आएको पहिरोले एकसय ५० मिटर तल खसालेको स्थानीयले बताए ।