गोरखाखबर(गोरखा,१४ असार) । गोरखाको सिरानचोक गाउँपालिकामा पहिलो पटक एक पुरुषमा संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतवार साँझ प्रेस विज्ञप्ती जारी गरेर गोरखा सिरानचोक गाउँपालिकाका ३६ वर्षीय पुरुष कोरोना संक्रमण देखिएको जनाएको छ ।

सिरानचोक गाउँपालिका वडा नं ५ छोप्राक घर भएका ति व्यक्ति भारतबाट आएर वडा नं ६ नयाँसाघुको क्वारेन्टाइनमा बसेका थिए । उनलाई आइसोलेसन ल्याउने तयारी भइरहेको पनि विज्ञप्तीमा उल्लेख छ । यो संगै गोरखामा कूल संक्रमितको संख्या ७८ पुगेको छ ।
