गोरखाखबर(गोरखा, १२ असार) । संक्रमण पुष्टि भए पछि गोरखा अस्पतालको आइसोलेसनमा रहेका मध्ये शुक्रवार थप २ जना डिस्चार्ज भएका छन । निको भएर घर फर्कनेहरुमा भीमसेन थापा गाउँपालिका वडा नं १ का ३३ वर्षका र बारपाक सुलिकोट गाउँपालिका वडा नं ६ का २५ वर्षका पुरुष रहेको गोरखाको अस्पतालले प्रेस विज्ञप्ती जारी गरेर जानकारी दिएको छ ।

आइसोलेसनमा १४ दिन पूरा गरे संगै पुन प्रयोगशाला परीक्षणका नेगेटिभ रिर्पाेर्ट आएकोले घर फर्केर पालना गर्नुपर्ने आवश्यक सुझाव सहित डिस्चार्ज गरिएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डन्ट डा.नविन थापाले जानकारी दिए । यो संगै गोरखा अस्पतालको आइसोलेसनबाट निको भएर डिस्चार्ज हुने २० जना पुगेको छ ।
