थप दुईको मृत्यु भए पछि कोरोनाले ज्यान गुमाउनेको संख्या २६ पुग्यो


गोरखा खबर
  • बिहिबार, असार ११ २०७७

  • गोरखाखबर(काठमाण्डौं,११ असार) । कोरोना भाइरसका कारण नेपालमा थप २ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सोमवार राति पोखरास्थित अस्पतालमा मृत्यु हुने व्यक्ति स्याङ्जाका हुन्। उनमा मधुमेह र श्वासप्रश्वासको समस्या देखिएको थियो।कोभिड–१९ पुष्टि भएपछि ती व्यक्तिलाई असार ८ गते पोखरा ल्याएर अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो। उनको असार १० गते राति मृत्यु भएको हो ।

    अर्का मृतक ललितपुरका हुन्। उनको पाँच महिनाअघि मिर्गौला प्रत्यारोपण गरिएको र स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा उनमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।पाटन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहँदा बिहीवार बिहान उनको मृत्यु भएको जानकारी डा.गौतमले दिए। यो संगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार