गोरखा अस्पताल आइसोलेसन बाट नौ जना डिस्चार्ज


गोरखा खबर
  • बिहिबार, असार ११ २०७७

  • गोरखाखबर(गोरखा,११ असार) । कोरोना संक्रमण पुष्टि भए पछि गोरखा अस्पतालको आइसोलेसनमा रहेका ९ जना बिहीवार निको भएर घर फर्किएका छन । प्रयोगशाला परीक्षणमा रिर्पाेर्ट नेगेटिभ आए पछि १ महिला सहित ९ जना आइसोलेसनबाट डिस्चार्ज भएका हुन ।

    डिस्चार्ज हुनेमा गण्डकी गाउँपालिकाका वडा नं ५ का २०, २१, २५, २६, ३० वर्षका पुरुष, गोरखा नगरपालिका वडा नं १३ का २९, ३२, ३५ वर्षका पुरुष र ३१ वर्षकी महिला रहेको गोरखाका अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डन्ट डा.नविन थापाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । उनीहरु लाई मास्क, स्यानीटाइजर र फूलको गुच्छा दिएर स्वास्थ्यकर्मीहरुले अस्पताल बाट बिदाई गरेका छन । यो संगै गोरखामा कोरोना जितेर घर फर्केनेहरुको संख्या १८ पुगेको छ

    प्रतिक्रिया

    सम्बन्धित समाचार