गोरखाखबर(काठमाण्डौं,९ असार) । नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउने २४ जना पुगेको छ । मृत्यु हुने २४औँ व्यक्ति दैलेखको दुल्लु नगरपालिका वडा नं ३ निवासी ४५ वर्षीय पुरुष हुन ।

असार ८ गते मृत्यु भएका ति व्यक्ति क्षयरोग र दमको बिरामी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत असार ३ गते देखि प्रादेशिक अस्पताल सुर्खेतमा उपचाररत ति व्यक्तिमा ४ गते संक्रमण पुष्टि भएको थियो ।