गोरखाखबर(गोरखा,८ असार ) गण्डकी प्रदेशमा ८ जिल्लामा गरी सोमवार साँझ ५३ जना संक्रमित थपिएका छन । यो संगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ५ सय ९३ जना पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले सोमवार साँझ ८.३० बजे जारी गरेको प्रेस विज्ञप्तीका अनुसार तनहुँमा १७ जना, स्याङजामा ९ जना, बाग्लुङमा ८ जना, गोरखामा ११ जना, लमजुङ ५ जना, पर्वत, नवलपुर र कास्कीमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । सबै लाई सम्वन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको पनि निर्दशनालयले जनाएको छ ।