गोरखाखबर(काठमाण्डौं,७ असार) । नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । पछिल्लो २४ घण्टामा आइतवार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १९४ जना कोरोना जितेर घर फर्केका छन्। योसँगै कोरोना जितेर घर जानेको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।गत २४ घण्टामा देशभरका २२ प्रयोगशालामा गरिएको पीसीआर परीक्षण ६ हजार ८ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख ७५ हजार १७३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए ।