स्वास्थ्यकर्मी लाई धन्यवाद दिदै अस्पतालबाट फर्किए निको भएका ८ संक्रमित


गोरखा खबर
  • शनिबार, असार ६ २०७७

  • गोरखाखबर(गोरखा,६ असार) । गोरखा अस्पतालको परिसर । हातमा फूलका गुच्छा लिएर लाइनमा बसेका डाक्टर, व्यवस्थापन समितिका पदाधिकारी, कर्मचाारी र स्वास्थ्यकर्मी । अनि सञ्चारकर्मीहरुको पनि उपस्थिती । तर अस्पतालको यस्तो कुनै विशिष्ट पाहुनाकोे स्वागत लागि नभई कोरोना जितेर फर्कनेहरुको विदाईको दृश्य हो ।

    गोरखा अस्पतालको आइसोलेसनबाट निको भएर शनिवार ८ जना संक्रमित फिर्ता भएका छन । उनीहरुलाई गोरखा अस्पतालका डाक्टर र समितिका पदाधिकारीहरुले फूलगुच्छा सहित मास्क, स्यानीटाइजर दिएर विदाई गरेका छन । विदाईका क्रममा आइसोलेसनबाट निको भएर फर्केकाहरुले अस्पतालका डाक्टर सहितको स्वास्थ्यकर्मीहरुको निरन्तर प्रयास बाट आफूहरु निको भएको भन्दै धन्यवाद व्यक्त गरे । गोरखाको गण्डकी गाउँपालिका वडा नं ८ का ३०, २०, ३२, ४३ वर्षका पुरुष ,भीमसेन थापा गाउँपालिकाका २० , ३२ वर्षका पुरुष र काभ्रे जिल्ला घर भई २० वर्षका पुरुष निको भएर घर फर्केका हुन । त्यस्तै प्रहरी हिरासतमा रहेका पालुङटार नगरपालिकाका १७ वर्षीय किशोर पनि आइसोलेसनबाट फिर्ता भए । काठमाण्डौं र पोखरामा गरेको पिसिआर परीक्षणमा नेगेटिभ देखिएकोले १४ दिन आइसोलेसनमा पछि घर पठाएको गोरखा अस्पतालले जनाएको छ । उनीहरु मध्ये धेरैजसो गोरखा जिल्लामै पहिलोपटक संक्रमण पुष्टि भए पछि आइसोलेसनमा ल्याईएकाहरु थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार