आत्महत्या गरेकी सहित दुइजनामा कोरोना पुष्टि


गोरखा खबर
  • बुधबार, असार ३ २०७७

  • गोरखाखबर(काठमाण्डौं, ३ असार) । आत्महत्या गरेकी सहित दुइजना मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा बुधबार मृत्यु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    कैलालीको लम्कीचुवा नगरपालिका-२ निवासी ४३ वर्षीया महिलामा न्यूरोसम्बन्धी समस्या देखिएपछि गत जेठ ३१ गते नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो। शल्यक्रिया गर्नुअघि उनको कोरोना परीक्षणका लागि स्वाब पठाइएको थियो।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ। बुधबारै सुर्खेतमा गत असार १ गते आत्महत्या गरेकी एक युवतीमा पनि कोरोना संक्रमण देखिएको छ। यसलाई कोरोनाबाट मृत्यु भएको संख्यामा समावेश गर्ने वा नगर्नेबारे स्वास्थ्य मन्त्रालयले जानकारी गराउने छ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार