गोरखाखबर(गोरखा,२ असार) । नेपाली काँग्रेस गोरखाले पिसिआर परीक्षणको दायरा बढाएर र नतिजा लाई छिटो छरितो बनाउनुपर्ने लगायत विभिन्न माग गरेको छ । जिल्ला सभापति हरि बहादुर घलेको नेतृत्व झण्डा सहित गएको काँग्रेस कार्यकर्ताहरुले एक टोलीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
प्रमुख जिल्ला अधिकारी मार्फत सरकार लाई देशैभरीबाट बुझाएको ध्यानाकर्षणपत्रमा आर्थिक क्षेत्रको सुधारकालागि श्रमिक र मजदुरलाई ठोस राहत प्याकेज घोषणा गर्नुपर्ने, लकडाउनका कारण कृषकले भोग्नुपरेको समस्या, बिउ बिजन, मल सहज उपलब्ध गराउन र कृषि उत्पादन बिक्री गर्ने बातावरण बनाउनुपर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रम, राष्ट्रपति शिक्षा, संसद कोष हटाएर कोभिड १९ को प्रभावले रोजगारी गुमाएकाहरुलाई स्थानीय स्तरमा रोजगारी सिर्जना हुने कार्यक्रम ल्याउनुपर्ने लगायतको माग उल्लेख छ ।