तनहुँमा पाँच जनामा संक्रमण पुष्टि, गण्डकी प्रदेशमा २०४ पुग्यो


गोरखा खबर
  • सोमबार, असार १ २०७७

  • गोरखाखबर(गोरखा,१ असार ) । तनहुँ जिल्लामा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या २०४ पुगेको छ ।

    गण्डकी प्रदेश, तनहुँ जिल्ला, घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ । निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माद्वारा हस्ताक्षरित सोमवार बिहान जारी प्रेस विज्ञप्तीमा तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी।.कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा ल्याईएको उल्लेख छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार