गोरखाका मेयर लाई सौन्दर्यकला व्यवसायीले बुझाए ज्ञापनपत्र


गोरखा खबर
  • आइतबार, जेष्ठ ३२ २०७७

  • गोरखाखबर(गोरखा,३२जेठ) । सौन्दर्य कला व्यवसायी संघले विभिन्न माग सहित गोरखा नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । सौन्दर्यकला व्यवसायी संघ गोरखाले नगरपालिकाका मेयर राजनराज पन्त लाई ७ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

    ज्ञापनपत्रमा सौन्दर्यकला व्यवसायीले तत्काल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने, लकडाउनका कारण पसल बन्द अवधिको घरभाडा मिनाहा, बैंक तथा वित्तिय संस्था बाट लिएको व्याज मिनाहा, पसल नविकरण शुल्क मिनाहा, प्रत्येक व्युटीसियन लाई निशुल्क पिपिई र सेनिटाइजर उपलब्ध हुनुपर्ने लगायतको माग उल्लेख छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार