हिरासतमा कोरोना पुष्टि भएका किशोर संग सम्वन्धित २८ जनाको पिसिआर नेगेटिभ


गोरखा खबर
  • आइतबार, जेष्ठ ३२ २०७७

  • गोरखाखबर(गोरखा,३२जेठ) । गोरखामा प्रहरी हिरासतमा रहेको एकजनामा कोरोना पुष्टि भए संगै नमुना संकलन गरिएको २८ जनाकै प्रयोगशाला परीक्षणका क्रममा नेगेटिभ आएको छ ।

    नमुना पठाएका मध्ये २५ जनाको शनिवार र ३ जनाको आइतवार पिसिआर रिर्पाेर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय गोरखाले आफ्नो आधिकारित फेसबुक पेजमा सार्वजनिक गरेको छ ।जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका एक किशोरमा कोरोना संक्रमणको पुष्टि भए पछि उनी संग सम्वन्धित ति किशोरी ,सम्पर्कमा रहेका प्रहरी, सरकारी वकिलको कार्यालय र अदालतका कर्मचारी गरी २८ जनाको नमुना संकलन गरेर प्रयोगशाला परीक्षणका लागि पोखरा पठाएको थियो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार