पूर्ण नक्सा पारित भएको खुशीयालीमा गोरखामा दिपावली


गोरखा खबर
  • शनिबार, जेष्ठ ३१ २०७७

  • गोरखाखबर(गोरखा,३१ जेठ) । लिम्पियाधुरा, लिपुलेकसहितको भूमि समेटीएको नयाँ नक्सा संसदबाट सर्वसम्मतिले पारित भएको खुशीयालीमा शनिवार गोरखामा पनि दिपावली गरेको छ । गोरखाको हरमटारी चोकमा साँझ राजनतिकि दलका कार्यकर्ता,नागरिक समाजका प्रतिनिधि र स्थानीयहरुले सडकमा नेपालको नक्सा बनाएर त्यसमा दियो बालेका हुन ।

    नक्सा पारित गर्दा दलहरुले देखाएको अभूतपूर्व राष्ट्रिय एकता प्रति सर्वसाधारणहरु खुशी भएका छन। कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले शनिवार संसदमा प्रस्तुत गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ लाई पारित गरियोस् भनेर प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।प्रतिनिधि सभामा दुई सय ७५ सांसद रहेकामा आज दुई सय ५८ जना उपस्थित थिए । उपस्थित सबैले संशोधनको पक्षमा मतदान गरेका छन् ।विधेयेक पारित भएसँगै संविधानको अनुसूचीमा रहेको नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेकसहितका भूमि अटाएका छन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार