गोरखाखबर(काठमाण्डौं, ३१जेठ) । नेपालमा शनिवार नै २७३ जनाको कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि नेपालमा कुल सङ्क्रमित सङ्ख्या ५,३३५ पुगेको छ।

शनिवार सङ्क्रमण पुष्टि भएकामध्ये २४७ जना पुरुष र ३६ जना महिला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताएका हुन्।उनले असार १० गतेसम्म दैनिक परीक्षण क्षमता १०,००० पुर्याइने पनि बताए।नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ।