गण्डकी प्रदेशमा कोरोना संक्रमित १९७ पुग्यो


गोरखा खबर
  • शनिबार, जेष्ठ ३१ २०७७

  • गोरखाखबर(गोरखा,३१ जेठ) । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ । शनिबार बिहान पर्वतका ४ र नवलपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको ।

    पर्वतको कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका ६ वर्षीय बालक, १७ वर्षीय किशोरीमा कोरोना संक्रमणको पुष्टि भएको छ । यसैगरी पर्वतकै जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १७ का १ जना युवक र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १६ वर्षीय अर्का युवकमा समेत कोरोनाको संक्रमण देखिएको छ ।साथै गण्डकी प्रदेश, नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका ४५ वर्षे पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार