कोरोना विपद व्यवस्थापन स्वास्थ्य सामग्री गोरखा आइपुग्यो


गोरखा खबर
  • बुधबार, जेष्ठ २८ २०७७

  • गोरखाखबर(गोरखा,२८ जेठ) । कोरोना संक्रमण न्युनीकरण तथा रोकथाम सम्वन्धी विभिन्न स्वास्थ्य सामग्री बुधवार गोरखा आइपुगेको छ । केन्द्रीय कोरोना विपद व्यवस्थापन केन्द्र(सिसिएमसी) ले उक्त स्वास्थ्य सामग्री जिल्ला कोरोना विपद व्यवस्थापन केन्द्र(डिसिएमसी)लाई दिएको हो ।

    सामाग्री सहित गोरखाका आएका राष्ट्रिय जनस्वास्थ्य परीक्षण केन्द्रबाट आएका खेमराज सापकोटा लगायतका सहभागी टोली उक्त सामाग्री केन्द्रका संयोजक समेत रहेका गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र्र पौडेललाई हस्तान्तरण गरेको हो । स्वास्थ्य सामग्रीमा फेस मास्क ११५ थान, सर्जिकल मास्क २७ हजार थान, इक्जामिनेशन९लुज० ग्लोब्स १४ हजार पाँचसय थान, गमबुट ५३ जोर, इन्फ्रारेड थर्मोमिटर १० थान प्रदान गरिएको हो । त्यस्तै फेससिल्ड १५३ थान, सेफ्टी गगल्स सातसय ६५ थान, गगल्स पोलिकार्वोनेट(रियुजेबल्स) एकसय दुई थान, डिस्पोजेबल गाउन एकहजार चारसय ४० थान, पिपिई एकहजार तीनसय थान, डिस्पोजेबल क्याप एकहजार ४० थान, बायोहजर्ड ब्याग ७० थान रहेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार