गोरखाखबर(गोरखा,२७ जेठ) । नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४,०८५ पुगेको छ । त्यस्तै कोरोना भाइरसकै कारण अहिले सम्म १५ जनाले ज्यान गुमाएका छन ।

कोरोना भाइरसका कारण चितवनको भरतपुर उपमहानगरपालिका ११ का एक पुरुषको मृत्यु भएको छ । मङ्गलवार थप ३२३ जनामा कोरोनाभाइरस सङ्क्रमण र थप एक जनाको मृत्युको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए । संक्रमित मध्ये ५८४ जना निको भएर घर फर्किएका छन ।